feature content slider

Environment Blog. Powered by Blogger.

Latest Post

My Place

Written By Beware Of Climate Change Issue on Tuesday, October 30, 2012 | 1:02 AM

Written By Beware Of Climate Change Issue on Sunday, June 10, 2012 | 4:05 AM

Untitled Document
Do You Own a Hotel, Resort, HomeStay, Guesthouse, Apartment , Lodge in Nepal?
Do you have a Website ?

If yes, Travel Technology Nepal Provides the technology to turn your existing website as an Online Booking website where Your visitors can find the actual availability, Price and complete the booking including the payment.
Using this System, You can turn your website as your Booking Center for 24 hours a Day and 365 days a year.

Register and Publish your Business                                             
At Nepal Hotel Rooms.Com and get This opportunity

Along With Your Boss and Co-Workers

Written By Beware Of Climate Change Issue on Monday, January 23, 2012 | 7:19 AM

Copy From this Link

A good relationship with your boss and co-workers can make for a healthy career. However, this is not always easy. As a matter of fact it can be very difficult at times. These resources will show you how to improve interpersonal office relationships.

Nice Co-Worker Stories - What Is the Nicest Thing a Co-Worker…
Sharing stories about nice co-workers - tell us about the nicest thing a co-worker has ever done for you
Co-Workers Behaving Badly - Bad Co-Worker Behavior
Share your tales about a co-worker's bad behavior - What is the worst thing a co-worker has done to annoy you

How Do You Get Along With Your Coworkers?
Do you know how to get along with your coworkers? Take this quiz to find out if you know
how to help make your work environment pleasant.

Does Gossip Have a Place at Work
Do the words "I heard it through the grapevine" conjure up memories of an old song or dancing raisins? For many of us it's also just another day at the office. Gossip is an unavoidable presence in all workplaces. But, is it also an unwelcome one?

The Five (Difficult) People You Meet at Work
Every workplace has some difficult people. Here are the different types of people you may encounter at work and advice for dealing with each one.

Five Reasons to Avoid an Office Romance
An office romance can harm your career and should be avoided. Before you decide to get involved in an office romance, read these five reasons why it's a bad idea.

How to Get Along With Your Colleagues
Here are resources that will help you get along with your colleagues.

Six Rules for Office Romances
Follow these rules to minimize the harm an office romance can have on your career.
Things You Can Do to Annoy Your Coworkers
What can you do to annoy your coworkers and make them hate you? Follow the advice on this list and you are sure to drive your coworkers crazy ... but don't forget you have to work with them.

Too Much Information
Should you share personal information with your co-workers or should your personal life remain entirely separate from your work life? This article discusses why you may not want to talk to your co-workers about private matters.

Toward a More Civil Work Place
Offensive behavior by co-workers can do more than get on your nerves. It can cause you to quit your job. The result can be costly for employers and a nuisance for the employees that remain. Find out what behaviors are offensive so you can avoid them.

Why and How to Say No Your Boss
If your boss assigns a project to you, how do you tell him or her it will be impossible for you to take it on? Here is how to decide whether to turn down an assignment and how to explain your decision to your boss.

Workplace Bullying
Workplace bullying by co-workers or your boss can make your work life miserable. Here's what can you do about bullying in the workplace.

जलविद्युतका लागि वन

Written By Beware Of Climate Change Issue on Friday, December 23, 2011 | 4:09 AM


रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले यसवर्षरसुवालीलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको दीगोपनाको लागि यहाँ आउने पानीका मूलहरू संरक्षण हुनु अपरिहार्य छ । वर्षाका समय प्रतिघण्टा २२ मेगावाट विद्युत उत्पादन गर्ने चिलिमेले हिउँदमा प्रतिघण्टा ८ मेगावाट मात्र उत्पादन गर्न बाध्य छ । यसको कारण पानीको प्रवाहमा कमी भएर हो । यो सबैलाई थाहा छ । देशमै नमुना रहेको चिलिमे जलविद्युत केन्द्रमा चिलिमे आसपासबाट आएको पानी मुख्य शक्तिको रूपमा रहेको छ । चिलिमे वरपरका जंगल, हिमालबाट आएको पानी विद्युतमा परिणत भई रसुवाको मुख्य आम्दानी र आकर्षाको रूपमा रहेको छ । यसरी हेर्दा  चिलिमेको भविष्य वा चिलिमे जस्तै अरू सम्भावित विद्युत केन्द्रका भविष्य पानीको स्रोतसँग छ । त्यति मात्र नभई रसुवालीको भविष्य नै पानीको स्रोतहरूसँग छ र स्रोत संरक्षणको आधार जंगल वा पानी जोगाइ राख्नको लागि यहाँका वनस्पतिको संरक्षणको आवश्यकता पर्दछ ।
 खाना बनाउने इन्धनको रूपमा, घर बनाउने काठको रूपमा वा उद्योग सञ्चालन  गर्ने निहुँमा यहाँका धेरै जंगलहरू सकिदै गएका छन् । चिलिमेको नमुना उत्पादन सबैका नजरमा लोकप्रिय भइरहँदा वा चिलिमेले झलमल्ल उज्यालो फ्याँकिरहँदा यहाँका जनताहरू उज्यालोको लागि सल्लाका रूखहरू ताछिरहेका छन् । रसुवाका विकट बस्तीहरूमा पाइला बढाउँदै जाँदा त्यस्तो दृश्य देख्न सकिन्छ । रातको समयमा उज्यालोको विकल्पमा वा आगो सल्काउने स्रोतको रूपमा जनताले सल्लाको चिर्पट -स्थानीय भाषामा 'मेदाङ') प्रयोग गरिरहेका छन् । जसका कारण रूख ठाडै भएपनि ढल्ने तरखरमा छ ।
अर्कातिर खाना बनाउने इन्धनको रूपमा रसुवाका सबैजसो बस्तीमा दाउरा नै प्रयोग हुने गरेको छ । हुन त विकट बस्तीहरूमा पनि नवीन प्रविधिहरूका प्रयोग भइरहेका छन् । तर त्यस्ता प्रविधिमा स्थानीय जनताको पहुँच ज्यादै न्यून रहेको छ । वर्षोनी धेरै जंगलहरू इन्धन प्रयोग गर्ने बाध्यताले विनास हुँदै गइरहेका छन् । वन जंगल र मानव जीवनको सम्बन्ध प्रगाढ हुँदाहुँदै बाध्यकारी समस्याका कारण दिनानुदिन हाम्रा वरपरका जंगलहरू निर्जीव दाउराका रूपमा परिणत भइरहेका छन् । तामाङ समाजमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । एकातिर जाडो याममा न्यानो बस्नुपर्ने त अर्कातिर संस्कृति र परम्परा अनुसार जाँड, रक्सी र भोज भतेर बनाउने बाध्यताले वातावरणमा प्रतिकुल असर परिराखेको छ ।
खाना बनाउन वा घर बनाउन जति वनको विनास हुने गरेको छ, त्यो त बाध्यकारी प्रयोग हो भनेर पनि भन्न सकिन्छ भने र्व्यर्थको बाहानाले पनि जंगलको साइनो मेटिदै गएको छ । घाँस काट्न सजिलो हुन्छ भन्दै जनताले जंगलमा आगो लगाइदिएका दृश्य एकातिर छ भने अर्कातिर जंगली जनावरको सिकार गर्ने मनासाय वा लालचाले पनि जंगलमा आगलागी हुने गरेको पाइन्छ । पहराबाट एउटा ढुङ्गा खसेर अर्कोमा ढोकिँदा पनि आगलागी हुने गरेको पाइन्छ । जुनसुकै बहानामा भएपनि जंगलमा आगो लाग्दा दर्ुलभ मानिएका वनस्पति र वन्यजन्तुको विनास हुने, पानीका मूल सुक्ने र वातावरणमा खैलाबैला वा प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।
पानीका मूल संरक्षण हुन सकेन भने जलविद्युत गृहको पनि भविष्य अन्धकार हुनेछ । त्यसैले पानीका मूल संरक्षण गर्नको लागि वनजंगलको संरक्षण हुनु आवश्यक छ । बाध्यकारी समस्याका कारण होस् वा लोभ र लालचाका कारण होस्, यसरी जंगलको विनास हुँदै गएको छ । त्यसलाई रोक्नु नै जनताको समुन्नती हो । लोभ लालचालाई थन्क्याएर र बाध्यकारी इन्धन प्रयोगलाई न्यूनीकरण वा दाउरा प्रयोगको विकल्पको खोजी गरिनु पर्छ । जलविद्युत केन्द्रको भविष्य र जनताको भविष्य पनि एक अर्कामा परिपूरक भएका कारण जनता नै यसका कर्ता हुन् । भौतिक विकास निर्माणलाई प्राथमिकता दिदै आएका जनताले अब संरक्षणका कामहरू गर्नको लागि योजना बनाउनु पर्दछ । दाउरा कम प्रयोग गर्ने प्रविधि वा दाउरा नै प्रयोग नगर्ने उर्जा प्रविधिको विकासका लागि पहिलो प्राथमिकता दिन सक्नु पर्दछ । जसबाट मानव स्वास्थ्य सुधार भई जीवन  सुनिश्चित होस्, जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सहयोग मिलोस् र वन जंगलको संरक्षण भई पानीको संरक्षण र सदुपयोग होस् । यसैमा हाम्रो जित छ ।
प्रेमप्रसाद पौडेल चिलिमे प्रतिभापुञ्जवर्ष४अंक ४२०६८

वागमतीको चिठी त्रिशूलीलाई

Written By Beware Of Climate Change Issue on Thursday, November 24, 2011 | 2:05 AM

वागमतीमा लाश जलाउँदै
Bagmati River

प्रेमप्रसाद पौडेल
प्रिय बहिनी त्रिशूली, 
आराम रही आरामै चाहन्छु । 
मनभरी पीर र बेदनाका पोका अँगालेर बाँचिरहेको छु । धमिल मनका बीचमा आस्तिकका बीच बैतरणी जस्तो त नास्तिकहरूका बीच फोहर व्यवस्थापन गर्ने केन्द्रबिन्दु बनिरहेको छु । समयको अन्तरसँगै मानव व्यवहारका कारण आफ्नो रूप बिकलाङ्क हुँदा पनि मनमा सन्तोष कैद गर्न विवश छु । आशा छ मेरो जस्तो अवस्थाबाट तिमी निकै दूर छौ । 
आजभोलि तिमीलाई बहिनी भनेर सम्बोधन गर्न पनि निकै अप्ठ्यारो महशुस हुन लागेको छ मलाई । उमेरले मात्र दिदी बहिनी बनायो हामीलाई । पालन, पोषण र रेखदेखका बाबजुद आज म त्रि्रो बहिनीको जस्तो रूपमा सिमित हुन पुगेको छु । म आजभोलि मेरो कर्तव्य पुरा गर्न नसकेको कारण आफ्नो जीवनलाई धिक्कारिरहेको छु । मानवको मन र मस्तिष्कलाई पुण्यात्मक बनाउन म चुकेको छु जस्तो लाग्छ मलाई । आजभोलि म प्रतिको मानव वितृष्णा देख्दा आफूलाई जन्मनु र हुर्कनुको कुनै महत्व नभएको महशुस गरिरहेको छु । 
सञ्चारका कारण संसारले फड्को मार्यो तर मेरो दिनानुदिनीमाथि प्रश्न चिन्ह देखा परिरहेको छ । मैले तार्ने गरेको मानव देहलाई आज पुण्य प्रदान गर्न सकेको छैन । म बहनुमा निकै चुनौति छ । मानवले फालेका फोहोरका डङ्गुरलाई मेरो गतिले हुत्याउन सकेको छैन । अझ तिनै फोहोरका गुजुल्टाहरूमा अल्झिएर म आफैं बेपत्ता हुन पुगेको छु । 
सत्ययुगमा महादेवको त्रिशूल प्रहारबाट उत्पत्ति हुँदाको त्रि्रो स्वरूप आज पनि कायमै छ । तर मेरो हालको बहावको अवस्था र परापूर्वकालमा भएको उत्पत्तिको व्यतिरेकी सम्बन्ध छ । जसरी म उत्पत्ति भएँ, त्यसको स्वरूप आज छैन । आज म मानवका सुन्दर महलबाट दूषित भएर बगिरहेको छु । फोहोर व्यवस्थापन वा नालीको रूपमा म परिचित हुन पुगेको तिमीलाई पनि अवगत नै होला । म मात्र नभई उपत्यकाका बहिनी विष्णुमति र शालीनदीको पनि अवस्था त्यस्तै छ ।
आज म कल्पना गर्छु किन मेरो पूर्व रूप हराएर मानव शौचालय तथा सफासुग्घर गरेर बहेको दूषित पानीका रूपमा परिचित हुन पुगें ।' यसको उत्तर सबैसँग छन् । मानव चाप, सवारी चापसँगसँगै प्ल्ाष्टिकजन्य वस्तुको विर्सजनस्थलको रूपमा जहिलेबाट मलाई मानवले प्रयोग गरे, जहिलेबाट मेरा किनारलाई भैंसी बधशालाको रूपमा विकास गरे त्यतिखेरबाट नै मेरो स्वरूपमा घुन पुत्ला लाग्दै आयो । आफ्ना घर सफा राख्ने तर नजिकको वातावरण फोहोर गर्ने मानवको व्यवहारले उनीहरूलाई गिज्याइरहेको छ । बुझेर पनि बुझ पचाउने महले मानवका कारण आज मेरो यो अवस्था भएको छ । 
प्राय दिनहरूमा मेरो वरिपरी नाइल, टिस्टा जस्ता दिदीहरूका देशका नागरिक पनि आउँछन् वागमती हेर्न भनेर । तर नाइल, टिस्टा जसरी सुसाएर मानिसलाई आनन्द दिएको छ, मैले कसैलाई पनि त्यस्तो आनन्दता प्रदान गर्न सकेको छैन । अझ लाजमर्दो यहाँ बनाएका छन् कि मेरो आसपासमा बसेर तिनै विदेशीहरूसँग फोटो खिचाएको निहुँमा पैसा माग्ने गर्दछन् हाम्रा देशका साधुसन्तहरू । पैसा माग्दामा नदिएर धार्नी हात उठाउन पनि पछि पर्दैनन् र उनीहरू नै मेरो आसपासमा फोहोर गर्न खप्पिस छन् । धर्मका कुरा गर्नेले मेरो वरिपरी फोहोर आफैंले गर्दा पाप लागेको महशुस पनि गर्नुपर्ने हो । 
तर जे होस् बहिनी म कुण्ठित भएपनि त्रि्रो आफ्नो गति कायम रहेकोमा खुसी व्यक्त गर्दछु । तिमीले आफ्नो शक्तिद्वारा जलविद्युत उत्पादन गरेर जनतालाई अँध्यारोबाट उन्मुक्ति दिएकी छ्यौ । त्रि्रो दिदी भएर मैले यस्तो अवसर पाउने सम्भावना यो जुनीमा मैले पाउँदिन होला । लोडसेडिङको समस्याबाट पीडित जनतालाई उज्यालो र्छर्ने मेरो पनि चाहना थियो । तर त्यसको कुनै पनि परिकल्पना गर्न सक्दिन म । तर पनि मैले दिएको योगदान मानव समुदायमा उल्लेखनीय नै छ । फोहोरको डङ्गुर मैले सामना गरेको छु, मेरो वक्षबाट बालुवा निकालेर धेरैका महल ठडिएका छन् । बालुवा व्यापार गरेर कोही सुकुम्वासीले त कोही सुकुम्वासीका नाममा हुकुमवासीले आफ्नो जीवनस्तर परिवर्तन गरेका छन् । मैले दिएको योगदान यस्तै यस्तै हुन् । मेरो पूर्व अवस्थाको त कल्पना पनि गर्न सकिन्न, तर शहरका मान्छेको बुद्धि फिरेमा मेरो रूपमा केही परिवर्तन हुन्छ कि भन्ने आशामा कुरिरहेको छु । पत्र पाउने बित्तिकै मलाई पत्र लेख्न नबिर्सनु। केवल म त्रि्रो पत्रको प्रतिक्षामा छु । आउने जानेलाई म त्रि्रो हालखबर सोधिरहन्छु । अहिलेलाई यत्ति नै, भोलिको कुरा भोलि नै, बाँकी अर्को पत्रमा । 
उही दिदी 
वागमती

Written By Beware Of Climate Change Issue on Monday, November 21, 2011 | 12:09 AM


जैविक तरकारी खेतीका नमूना बने अर्जुन न्यौपाने
प्रेमप्रसाद पौडेल




तोरी र तिलमा तेल छ भनेर नपेली बस्यो भने तेल पाइँदैन । त्यस्तै हामीले गर्न सकिने काम धेरै छन् तर
, नगरी बस्यो भने केही पनि प्राप्त गर्न सकिदैन । तोरी, तिल वा तेलजन्य वस्तुमा तेल हुन्छ, तर विना प्रयत्न तेल निस्किदैन, पेल्नैपर्छ भन्ने तर्कमा विश्वास गर्दै परम्परागत शैली वा निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँदै मनग्य आम्दानी गर्न सफल बनेका छन् रसुवा धैबुङ-९ का अर्जुन न्यौपाने ।
Water Reserve Tanki Made by Local Technology

Tonel of Tomato Farming 
रोजगारी वा आम्दानीका निमित्त भारतीय मुलुकमा भौतारिएका न्यौपानेले आफ्नै भूमिमा केही गर्न सकिन्छ भनेर वा उताको जस्तो पसिना पाए आफ्नै जन्मभूमिले पनि केही दिन्छ भन्ने तर्कमा विश्वास गरेर वि.सं २०५७/५८ तिर कोदो र मकैमात्र रोप्ने परम्परालाई आधुनिकीकरण गर्दै उनले काउली, बन्दा र प्याज  रोप्न थाले । उनले उत्पादन गरेका नगदे बालीहरू स्थानीय बजारमै बिक्री हुन थाल्यो । त्यतिखेरदेखि नै उनको वाषिर्क नाफा ४५ हजार हुन्थ्यो । 'करिब ३० पाथी कोदो फल्ने -बढीमा ५ हजार आम्दानी हुने) बारीमा 'हाल वाषिर्क रूपमा ७० हजार नाफा हुन्छ' उनी भन्छन् । 'कहिले इण्डिया गएँ, कहिले ट्रेकिङ गएँ, तर त्यो भन्दा राम्रो आम्दानी तरकारी खेतीबाट भयो' खुसी हुँदै उनले भने 'आफूले काम गर्न सुरु गरेपछि विभिन्न संस्थाबाट पाएका तालिम तथा सहयोग मेरा लागि अत्यन्त सहयोगी भएका छन् ।' कामको सुरुवात आफ्नै मनोज्ञानबाट भएको बताउने न्यौपानेले  व्यवसायिक रूपमा तरकारी खेती गरेर आम्दानी लिन सफल भएपछि एक अगुवा कृषकको रूपमा चिनिन सफल भए । वि.सं २०६२ सालमा करेला खेतीमा भएको आइपीएम कृषक पाठशाला उनको लागि एक सहायक बन्यो । त्यहाँबाट सिकेका ज्ञानहरू 'शत्रुजीव र मित्रुजीव पहिचान, शत्रुजीव निवारण तथा मित्रुजीव बढावा, जैविक मल र जैविक विषादी' जस्ता ज्ञानहरू पाएपछि अझ बढी गुणस्तरीय वस्तु उत्पादनका लागि आफ्नो क्षमता बढेको उनी बताउँछन् ।
 न्यौपानेले तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग गर्थे तर, अहिले उत्पादित तरकारीहरू बिलकुलै जैविक छन् । 'बजारमा उपलब्ध हुने भिटामिन र विषादीले क्षणिक फाइदा दिने खालका हुन्छन् । तर, स्थानीयस्तरका सामग्री प्रयोग गरेर बनाइएका विषादीबाट लामो समयसम्म एकैनासको आम्दानी भइरहन्छ ' उनको भनाई थियो । उनी भन्छन् 'रासायनिक मलको प्रयोगले जग्गाको उत्पादन शक्ति कम भएको छ, जैविक वस्तुको प्रयोगले उर्वराशक्ति कायम गर्छ, तर समय लाग्छ ।लारानिको मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले उनीलगायतका अन्य घरमा गोठ सुधार कार्यक्रम दिएपछि गाइको गहुँतबाट जैविक विषादी बनाउन थालेका छन् । गाइभैंसी बाँध्ने ठाउँबाट टयाङ्कीका जम्मा भएको गहुँतलाई विभिन्न प्रकारका जैविक वस्तुमा मिर्साई ड्रममा कुहाएपछि विषादी बन्छ । जसको प्रयोगबाट बजारबाट महंगो विषादी र भिटामिन किन्नु नपर्ने भएको छ । त्यसरी तयार गरिएको विषादीले विषादीको मात्र नभई भिटामिनको पनि काम गर्छ । न्यौपाने भन्छन् 'जैविक विषादीले मित्रुजीवलाई पनि नष्ट गर्दैन ।
लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजना र जिल्ला लघु उद्यमी संघको सहयोगमा प्लाष्टिक पानी भकारी बनाउन पाएका छन् उनले । छिमेकीका धाराबाट प्रयोग भएर खेर गएका पानी संकलन गरी तरकारी खेती गर्छन् उनी । पहिले खेर गइरहेको पानी जम्मा गरेपछि कसैको सिंचाई योजनाको मुख ताक्न नपरेको देखिन्छ । चाहना भए जे पनि गर्न सम्भव हुने रहेछ भन्ने उदाहरण न्यौपानेको क्रियाकलापबाट पाइन्छ । पाल्पाको मदनपोखरा भ्रमण गएर प्लाष्टिक पानी पोखरी तथा टनेल बनाउन सिकेका हुन् उनले ।
जिल्ला कृषि विकास कार्यालय तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनको सहयोगमा 'एसआरआई प्रविधिबाट ताइचुन २४२ नामक धान खेतीमा गरिएको परीक्षण वा उक्त कृषक पाठशालाबाट थोरै जमिन, थोरै बीउ, थोरै कामदारबाट धेरै आमदानी लिन सकिने उदाहरण पाएका छन् यहाँका किसानले । न्यौपाने भन्छन् 'लामो समयको धानको बीउ रोप्ने चलन थियो तर, १० दिनमा रोप्ने र एउटा मात्र रोप्ने भन्दा सुरुमा पत्यार लागेको थिएन । सबैले यो हुँदैन भनेका थिएन । धान रोपेको एक महिनासम्म त  हामीलाई पनि त्यति पत्यार लागेको थिएन ।' एसआरआई प्रविधि प्रयोग गरेर धान खेतीलाई लक्षित गरी सञ्चालन गरिएको पाठशालामा नवीन तथा पुरातन दुबै तरिकाद्वारा खेती गरिएको थियो । सोही बीउ मुठामुठा रोपेको भन्दा एउटा एउटा मात्र रोपेको ठाउँमा राम्रो आम्दानी भएको छ । पहिले २५ पाथी धान फल्ने जग्गामा परीक्षण क्रममा ४५ पाथी फल्यो यसरी गरिएको परीक्षण सफल भएपछि अहिले धेरैले सोही बीउ रोपेका छन् । तर एउटा एउटा रोप्न मानेनन्' न्यौपाने भन्छन् । बढ्दो खाद्यान्न अभावलाई र्टार्न वा आयातित खाद्यान्नको महंगो मारलाई यो प्रविधिले सहयोग पुर्याउनेमा विश्वास गरेका छन् धेरै किसानहरूले ।
काम गरेर देखाउनेलाई सबैले सहयोग पनि गर्दा रहेछन् । न्यौपानेको जग्गामा देखिएको तरकारी खेतीको टनेल, पानी भकारी, गोठ सुधार सँगसँगै दाउराको प्रयोगको विकल्प गोवरग्यास प्रविधि पनि छ । गतसाल सञ्चालन भएको कृषक पाठशालामार्फ मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले २० हजार रूपैंयाँ सहयोग स्वरूप दिइएको रकमलाई स्थानीय कृषि पूँजिको रूपमा विकास गर्ने लक्ष्य उक्त समूहले लिएको पनि न्यौपानेले बताए । उक्त रकमबाट अदुवाको बीउ खरिद गरी समूहका सबैले बाँडेर लगाइएको पनि न्यौपानेले बताए ।
न्यौपानेको सानो प्रयत्नबाट यति ठूलो काम भएको छ । व्यक्तिगत रूपमा उनलाई हुने फाइदा आफ्नै ठाउँमा छ । खेर गएका पानीको सदुपयोग हुँदा वातावरणमा पनि सहयोग पुग्नेछ । न्यौपानेको यो अथक प्रयास देख्दा जो कोहीले पनि यो कविता स्मरण गर्छन् ।
तोरीमा तिलमा छ तेल भरिलो त्यसै कहाँ झर्छ र ?
पेल्नै पर्छ विना प्रयत्न मुखमा आई कहाँ पर्छ र ?? 

अग्ला टाकुराका होचा मनहरू


प्रलयका उथलपुथलले ठडिएका अग्ला चुचुराहरूका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहाँसदेखि नै  एक हुल भोट बर्मेलीलाई आश्रय दिइरहेको छ । विश्व मानचित्रमा सुकिला हिउँका पगरी गुथेर पर्यटकलाई निम्त्याइरहेको लाङटाङ, धारिला भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, मार्गको आसपासमा मृत्यु पर्यन्तको सम्झना स्वरूप बनाइने क्षुर्र्तेनहरू, देउराली, गुम्बा, कतै अलग अलग र कतै झुरूप्प गाँजिएका बस्तीहरू, आलु, फापर, जडिबुटी, लोपोन्मुख चराचुरूङ्गी र चौरी गाईको आश्रयस्थल, अतिथि सत्कारमा जुटिरहने लाङटाङ्गेलीका चोखो मनसँगै आफ्नो प्रतिष्ठा उच्च बनाएर गगन चुमुलाझैं  ठडिरहेछ लाङटाङ हिमाल ।
बिकट कन्दारामा जीविकोपार्जन गर्दै आएका  लाङटाङ्गेली मनहरू हिउँ जत्तिकै स्वच्छ र पवित्रताका चिनारी हुन् । देशी, परदेशी पर्यटकहरूलाई स्वागत र सम्मान गर्न दशकौंदेखि हिउँ ओढेर कुरिरहेका छन् उनीहरू । हिमालपारिका तिनै मृदुभाषीका सत्कारको परिणामले  हुनसक्छ - त्यहाँका बालबालिका र युवाको भविष्य निकै उज्ज्वल भइरहेको छ । तिनै विदेशी पर्यटकको सहयोगमा प्रत्येक घर वा होटलका बालबालिकाहरूको भाग्यरेखा लम्बिदै छ । काठमाडौंका गुणस्तरीय पाठशालामा अध्ययनदेखि लिएर उनीहरूले आयआर्जनका निमित्त विदेशी भूमिमा पनि प्रवेश गर्ने  अवसर पाएका छन् ।
जीविकोपार्जनको मुख्य स्रोत बनेको विदेशीको आवागमन पहिलाभन्दा अलि साँघुरिएको अनुभूति गर्छन् उनीहरू । चोखो मनको उच्च प्रतिष्ठासँगै पर्यटकको संख्या घटेको कारण अस्वस्थ प्रतिस्पर्धा पनि उब्जिन लागेको छ यहाँ । एउटा होटलका पर्यटक अर्कोमा पुगे विभिन्न भनाई राख्दै आफूतिर तान्ने प्रयत्नमा हुन्छन् । अर्का व्यवसायीका ग्राहकलाई आँखा छलेर उपर्युक्त कमिसनका कुरा पनि गर्न पछि पर्दैनन् उनीहरू । 
भाग्यरेखा कोर्ने माध्यम बनेको विदेशीको सहयोगले फरक रूप धारण गरेको छ । आफ्नोमा आएको विदेशी अन्यन्त्र नजाओस् भनेर पनि बढी सत्कार हुने गरेको पाईन्छ यहाँ । आफ्नो सर्म्पर्कमा आएका पर्यटकहरूले अरुलाई सहयोग नगरून् भन्ने अलि संकीर्ण  विचारमा  फसेका छन् ती पवित्र मनहरू । हज्जारौं राम्रा मनभित्रको यो साँघुरिएको विचारले समाजमा विखलन, कुविचार र आडम्बरिताको उदाहरण देखाइरहेको छ । आफूमात्रै खाउँ र अवसरको उपभोग आफ्ना लागि मात्र सिमित गरौं भन्ने धुर्त्याइपूर्ण सोचको निरन्तरता हुन सक्दछ यी साँघुरा र होचा सोचाइहरू । टाढाबाट समाज सेवा गर्ने परोपकारका भाव बोकेर आएका ती दाताहरूले त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक आदि अवस्थाको जानकारी लिई जीविकोपार्जनका माध्यमको साधनहरूको बारेमा पनि अध्ययन, अवलोकन गरी त्यसबाट निस्केको निष्कर्षस्वरूप आफ्ना भावी योजनाहरू तय गरी   सहयोगका हात उठाउन सक्दछ । तर यदि हामीले आफू र आफ्नो परिवारभन्दा बाहेक उनीहरूले राखेका जिज्ञासाको कुनैपनि उत्तर नदिनु भने त्यो अध्यारो कुनामा राखेर लिएको एकान्त अन्तर्वार्ता जस्तो हुन  पुग्दछ । त्यसकारण दिल फुकाएर, मष्तिष्क उघारेर होचा मनहरूलाई सभ्यताको चुचुरोसम्म अग्ल्याउने मनसायले उदारवादी धारणाको प्रस्तुति गर्न सक्नु पर्दछ । 
स्थानीयस्तरमा  विदेशीहरूले  गरेको लगानीको सदुपयोग त्यति औचित्यपूर्ण रहेको पाइदैन । ठूलो लगानीमा चिटिक्क पारेर बनाइएका विद्यालयहरूमा न शिक्षकको उपस्थिति छ न त विद्यार्थीको नै । समुदायले विद्यार्थी भए पनि नभए पनि विद्यालय खुले नखुलेको कहिल्यै वास्ता गर्ने गरेको पाइँदैन । विद्यालयमा विद्यार्थीहरूको उपस्थिति गराउन प्रेरणा दिनु, र्सार्वजनिक सम्पत्तिको सरसफाइ र व्यवस्थापनमा उचित ध्यान दिनुको सट्टा  घर पालुवा पशुहरू छोड्ने गरेकाले 'भिल्ललाई मणिको महत्व नभएझैंअभिभावकले विद्यालयको महत्व बुझ्न नसकेको देखिन्छ । तर्सथ आफ्नै आँगनमा बनेको विद्यालयमा पढ्ने विद्यार्थीलाई विदेशीको सहयोग पाउनासाथ टाढा पुर्याउने खालका सोचले ग्रामीण शैक्षिक विकासको ढोका कहिल्यै नउघारिने बुझनु आवश्यक छ । आफ्नामा आएका पर्यटक अरूले बिगार्छन् कि भन्ने सोचले अन्यन्त्र जान नदिनु, अरुसँग बोल्न नदिनु नै होचा मन हुन् । पर्यटकीय स्वतन्त्रताको प्रत्याभूति गराउँदै यी होचा र साँघुरा मनहरूलाई  लाङटाङको चुली वा चेर्कोरीको आम्नेसाम्नेमा पुर्याउनु नै यस क्षेत्रको दिगो विकास हो ।

Label 1

कृषि

ads2

पर्यटन