Home » » चन्दनबारीको मनोरम दृश्य पौंचन पुग्दा वातावरणीय विभत्सता

चन्दनबारीको मनोरम दृश्य पौंचन पुग्दा वातावरणीय विभत्सता

Written By Beware Of Climate Change Issue on Wednesday, April 27, 2011 | 7:35 AM

प्रेमप्रसाद पौडेल


वरिपरि धुपी र लालीगुराँसको मनमोहक दृश्य, बीचमा निर्माणाधिनसहित ४ वटा सेवादायक होटल, धेरैवर्ष पुरानो बौद्ध गुम्बा र चिज उत्पादन केन्द्र, सानासाना माने र आगन्तुक हेरेर हाँसिरहेका हिमाल चन्दनबारीका मुख्य आकर्षक हुन् ।
धुन्चेबाट आधा दिनको हिँडाई पछि चन्दनबारी पुग्दा देउराली, धिम्साको उकालोमा लागेको थकाई मेटिन्छ । आँखाले चन्दनबारीको दृश्यलाई कैद गर्दा साँच्चै स्वर्गको एक टुक्रा भएको अनुभूति गरिन्छ । आन्तरिक तथा बाह्य पर्यटककलाई आकर्षण गर्ने अत्यन्त मनमोहक, सुन्दर र प्यारो गन्तव्य बनेको छ गोसाइँकुण्ड पदमार्गको चन्दनबारी ।
वि.सं २०५८ देखि निरन्तर गोसाइँकुण्ड यात्रामा सहभागी भइरहँदा यसवर्षको यात्रामा फरक अनुभव प्राप्त भयो । समुन्द्री सतहबाट ३ हजार मीटरभन्दा माथि पुग्दा नयाँ पर्यटकको लागि लेक लागेको अनुभव हुन्छ, हिँड्न गा¥हो हुन्छ र शरीर शिथिल भएर आउँछ । यो खालको अनुभव चन्दनबारीको वरिपरि पुगेपछि  हुने गर्दछ ।
उच्च हिमाली भेगमा पुगेपछि हुने कठिनाइको संकेत यसपटक तियारीको बगर पार गरेर केही माथि पुगेपछि भयो । अघिल्लो दिनमा जंगलमा आगलागी भएको थियो । त्यो दिन पानी परेको कारण आगो नियन्त्रणमा आएको थियो । बाटोको वरिपरिका रूखहरू डढेका थिए । निगालोको झाँगहरू आगोका कारण जरिउपर लागेर पर्यटकको आवागमन रोकिरहेका थिए । लालीगुराँसका पूmलहरू  औलिएर आफ्नो सुन्दरता र विशेषता गुमाइरहेका थिए भने डँढेलोको प्रदुषणले सास फेर्न सा¥है मुस्किल परिरहेको थियो ।


डँढेलोका कारण जनैपूर्णिमाका मेलामा अस्थायी व्यवसायीले बाटोका वरिपरि फालेका प्रदुषित फोहोरहरूलाई भने छर्लङ्ग पारिदिएको थियो । प्लाष्टिक, सिसा तथा टिनका बट्टाहरूलाई भने आगोले जलाउन नसकेको कारण व्यवसायीको व्यवहारलाई गिज्ज्याइरहेको थियो । डँढेलोको असर एकैनास देउरालीसम्म रहेको थियो । डँढेलोले रूखको अक्सिजन दिने क्षमतालाई गुमाएको कारण सदा झैं यसपटकको उकाली चढाइलाई  थप कष्टकर बनाएको थियो ।
गोसाइँकुण्ड मार्ग आन्तरिक तथा बाह्य पर्यटकको लागि मनमोहक र धार्मिक आस्थाको लागि एक धरोहर बनेको छ । वर्षाको समयबाहेक बाह्य पर्यटकको लागि उचित गन्तव्य बनेको गोसाइँकुण्ड विशेषगरि आन्तरिक पर्यटकको लागि गंगादशहरा र जनैपूर्णिमाको मेला मुख्य बन्दै गइरहेको छ । नेपाली पर्यटकको आवागमनलाई हेर्दा यसवर्षबाट बाह्य पर्यटक मात्र नभई आन्तरिक पर्यटकको लागि जुनसुकै बेला पनि उपयुक्त गन्तव्य बन्न सक्ने निश्चितता छ ।
युएसआइडीको ६० र डब्लुडब्लुएफको ५० वर्षको उपलक्ष्यमा रसुवामा हरित पदयात्रा सम्पन्न गरिएको छ । प्राकृतिक स्रोत साधन समितिका सभापतिलगायत नेपालका उच्च स्तरीय व्यक्तिàवहरू जो संरक्षणका क्षेत्रमा लागिरहेका छन्,उहाँहरूको संलगनतामा सम्पन्न उक्त पदयात्रामा  लाङटाङ राष्ट्रिय निकुञ्ज, विश्व वन्य जन्तु कोषले वन संरक्षणका लागि डँढेलो नियन्त्रण कार्यमा उल्लेखनीय योगदान गर्दै आएको पनि उक्त पदयात्राको सुरूवातमा बताइएको छ । हरित पदयात्रामा जाने व्यक्तिàवहरूले पनि घट्टेखोलादेखि देउरालीसम्मको दृश्यलाई अवश्य निरीक्षण गर्नेछन् र समस्या समाधानका निमित्त ठोस कदम चाल्नको लागि सहयोग, सल्लाह र सुझाव दिनेछन् ।
जंगलमा आगो लाग्दा ठूला रूखहरूलाई त त्यति असर नपर्ला तर जैविक विविधता संरक्षणको विषयमा कुरा गर्दा भने अत्यन्तै ठूलो असर पर्दछ । वर्षाका समयमा निउरो नामको तरकारीको प्रयोगलाई लाङटाङ राष्ट्रिय निकुञ्जले जैविक विविधताको लागि संरक्षण गर्नुपर्छ भनी रोक लगाइरहँदा त्यो भन्दा ठूलो असर डँढेलो लाग्दा भएको पनि स्वीकार गर्नुपर्दछ । डँढेलो लाग्दा बहुमूल्य जडिबुटी, वन्यजन्तुको बासस्थानलाई विनास गरिरहेको छ । सानासाना बुट्यानहरू कहिल्यै नबाँच्ने गरी विनास भइरहेको छ । वनक्षेत्रको संरक्षण नहुँदा जलवायु परिवर्तनको असर बृद्धि हुने गर्दछ ।
 जिल्लामा वनक्षेत्रको संरक्षणका लागि कार्य गर्ने सरोकारवालाहरूको पनि यसक्षेत्रमा भ्रमण भइरहेको छ । तीन दिनको भ्रमणले वन संरक्षणको लागि डँढेलो नियन्त्रण वा डँढेलो लाग्न नदिन अभिप्रेरणा मिलोस् ।


रसुवाको वन सम्पदाको संरक्षणका लागि आगलागी जस्तो जघन्य अपराधको लागि स्थानीय कसैको पनि सहभागिता नहोस् । कसले र किन आगो लगाएको छ भन्ने विषयमा खोजी होस् र नेपाल सरकारको कानुन बमोजिम अपराधमा जानी नजानी सहभागी हुने व्यक्तिलाई कानुनको दायरामा पार्ने र अपराधको प्रकृतिको आधारमा दोषीलाई सजाँय निश्चित होस् ।
Share this article :

No comments:

Post a Comment